Nepal's First Video FM

काेराेनालाई देखाएर पन्धाैं याेजनाका महत्वाकांक्षी लक्ष्य परिवर्तन

405

सरकारले काेराेनालाइ देखाएर चालू पन्धाैं याेजनाका लक्ष्यहरूलाइ परिवर्तन गर्ने भएकाे छ । काेराेना करहमा चालू वर्षकै बजेट परेपछि पन्धाैं याेजनाका मुख्य मुख्य लक्ष्य, रणनीति र कार्यनीति परिवर्तन गर्न लागेकाे हाे ।

पन्धाैं याेजनाकाे सुरूवाती वर्ष (चालू वर्ष) १७ खर्व ७६ अर्ब खर्च गर्ने लक्ष्य भए पनि काेराेना कहरमा चेपिएसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बकाे बजेट ल्याएका थिए ।

चालू वर्ष सुरू भएसँगै काेराेना त्रास हट्ने र अर्थतन्त्रका अवयवहरू चलायमान हुने अपेक्षा गरिए पनि काेराेना संक्रमण बढ्दै गएसँगै याेजनाका लक्ष्य प्राप्त गर्न नसकिने निश्कर्षमा पुगेकाे हाे ।

योजनाको पहिलो वर्ष साढे ८ प्रतिशतको लक्ष्य राखिएकोमा बजेटले ७ प्रतिशतको मात्रै लक्ष्य लिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय बन्दाबन्दीको अवस्था रहेपछि पन्ध्रौं योजनाले आत्मसाथ गरेका लक्ष्यहरु पुरा हुन नसकेकाले परिमार्जन गर्नुपर्ने स्थिति देखिएको राष्टिय योजना आयोगले बताएको छ ।

आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भिर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले पन्ध्रौं पञ्चवर्षीय योजनाका लक्ष्यहरुमा परिमार्जन गर्नुपर्ने देखिएको बताए ।

सोमबार न्यूज एजेन्सीसँग कुराकानी गर्दै उपाध्यक्ष कँडेलले पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ प्रतिशत, दोस्रो वर्ष साढे नौ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको तर कोरोनाका कारण हासिल नभएकाले परिमार्जन गरी अगाडि बढ्नुपर्ने स्थिति आएको बताए ।

पन्ध्रौं योजनामा नै त्यसको लक्ष्यहरुमा केही परिमार्जन गर्नुपर्छ भन्ने देखिँदैछ । किनभने साढे आठ प्रतिशतको आर्थिक वृद्धिदर पहिलो वर्ष भनेका थियौं, दोस्रो वर्ष झण्डै साढे नौ प्रतिशतको आर्थिक वृद्धिदरको परिकल्पना थियो । त्यो दुई वटै झ-यो । सात प्रतिशतको आर्थिक वृद्धिदर यो बजेटले परिकल्पना गरेको छ त्यो पुग्छ कि भन्ने थियो । पछिल्लो चरणको स्थितिले झनै अन्यौल सिर्जना गरेको छ । लक्ष्ति आर्थिक वृद्धि पूरा नहुने संकेत गरेको छ ’ उनले भने ।

अहिलेको अर्ध लकडाउनको स्थितिबाट अर्थतन्त्रमा पर्ने असरको अवस्थालाई हेरेर योजनाका लक्ष्यहरुमा परिमार्जन गर्ने अवस्था आउनसक्ने कँडेलले बताए । कोरोना अलिकति कम हुन्छ भन्ने हिसाबले हामीले वार्षिक योजना बनाएका थियौं र कार्यान्वयन गर्ने चरणमा हामी गएका थियौं । अर्थमन्त्रालयले मन्त्रालयहरुलाई सर्कुलर पनि गरिसकेको थियो ।

तर अहिलेको यो परिस्थितिले गर्दाखेरी त्यसमा केही समस्या देखिने भयो । दश पन्ध्र दिन अझै हेरौं । अर्धलकडाउनको स्थिति हेरिसकेपछि आवस्यक प-यो भने त्यसमा केही परिमार्जन हुनुपर्ने स्थिति हुन सक्छ’ उनले भने ।

असार सम्मको लकडाउन पछि कोरोनाको प्रभाव न्यूनीकरण तिर गएको अवस्थालाई हेरेर योजना बनाएको तर फेरी संक्रमण बढ्दै जाँदा कार्यान्वयनमा असर परेको उनले बताए । संक्रमणको अवस्थालाई छिट्टै नियन्त्रण गरी नयाा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने आवस्यकता रहेको पनि उपाध्यक्ष कँडेलले बताए ।

You might also like

Comments are closed.