राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।
माधवप्रसाद घिमिरे (जन्म: वि.सं. १९७६ असोज ७ गते मृत्यु: २०७७ भाद्र २ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली
साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता
अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।
Comments are closed.