Nepal's First Video FM

होलीमा जबरजस्ती लोला हाने प्रहरीले कारबाही गर्ने

857

फागुन १३, महानगरीय प्रहरी परिसर काठमाडौँले यसपटकको होलीमा इच्छा विपरीत रंग लगाउने र लोला हान्नेलाई कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी इच्छा विपरीत रंग नलगाउन र लोला नहाल्न आग्रह गरेको छ । होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलासकेको एसएसपी विश्वराज पोखरेलले बताए ।

उनका अनुसार १ सय ६ ठाउँमा प्रहरी परिचालनका साथै २० वटा मोवाइल टोली खटाइएको छ । अघिल्ला वर्षहरूमा झैँ बाटो छेकेर होली खेलेको पाइए समेत उनीहरूलार्इ नियन्त्रणमा लिइने प्रहरीको भनाइ छ ।

You might also like

Comments are closed.