Nepal's First Video FM

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु, निर्वाचनको समिक्षा नहुने

1,068

फाल्गुन १३, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारि छ । पार्टी केन्द्रिय कार्यलय सानेपामा जारि बैठक संघीय संसद्को अधिवेशन, संसदीय दलको विधान अनुमोदन र राष्ट्रपतिको निर्वाचनमा केन्द्रित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसमा निर्वाचनको समिक्षाका लागि युवा केन्द्रिय सदस्यहरुले माग गर्दै आएपनि यो बैठक भने यस बिषयमा प्रवेश नगर्ने भएको छ । संसद अधिवेशन, संसदीय दलको विधान अनुमोदन लगायतका विषय किनारा लागिसकेपछि मात्रै निर्वाचनको समीक्षा र महासमिति बैठक बारे छलफल हुने बताइएको छ ।

यसअघि बसेको बैठकमा अधिकांश नेताहरुले निर्वाचनको समिक्षा गर्न माग गरेपछि सभापति शेरबहादुर देउवाले अर्को बैठकमा समिक्षा हुने बताएर त्यतिबेला अन्य विषयमा बैठक केन्द्रीत गर्नुभएको थियो ।

You might also like

Comments are closed.