Nepal's First Video FM

नेकपाको कार्यदलले अध्यक्षद्वय लाई प्रतिवेदन बुझाए

265

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।
गत ३० गते गठित कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको हो। प्रतिवेदन सर्वसम्मत रुपमा तयार गरिएको हो।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ। आज भदौ ६ गते साँझ ४:४५ बजे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिएका छन्।

साउन ३० गते बिष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य थिए। कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन हुनुपर्ने माग उठेपछि भदौ १ गते बालुवाटारमा बसेको सचिवालयको बैठकले अनुमोदन गरेको थियो।
कार्यदलको बैठक साउन ३१, साउन ३२, भदौ २, भदौ ४, भदौ ५ र भदौ ६ (आज) बसेको थियो।

You might also like

Comments are closed.