Nepal's First Video FM

अभिनेत्री नीता ढुंगानाको भजन कोसेली (भिडियो)

614

काठमाडौँ । अभिनेत्री निता ढुंगाना भजन गायनमार्फत गायनमा प्रवेश गरेकी छिन । उनले आफ्नै आवाज रेकर्ड ‘श्री गणेश भजन’ सार्वजनिक गरेकी छन् । शनिबार गणेश चतुर्थीको अवसर पारेर नीताले यो भजन सार्वजनिक गरेकी हुन् ।

पुरानो गणेश भजनलाई नयाँ रुप दिएकी नीताले यसको शब्दको लागि युट्युबबाट ‘गणेश मन्त्र’को आधिकारिक राइट लिएकी हुन् । भजनको भिडियोमा नीता स्वयम् फिचर्ड छिन ।

भजनको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ गर्ने काम भोला पौडेलले गरेका हुन् । भने, संगीत र एरेञ्जमा दिनेश न्यौपाने रहेका छन् ।

रामजी लामिछानेले निर्देशन गरेको भजनमा संजय लामाको छायांकन, बनिश शाहको सम्पादन, काजल क्रियसनको कस्ट्युम र श्याम लामाको मेकअप रहेको छ । नीताले यो भजन आफ्नै युट्युब च्यानल ‘नवनीता इन्टरटेनमेन्ट’बाट सार्वजनिक गरेकी हुन् ।

You might also like

Comments are closed.