Nepal's First Video FM

संसद् बैठकमा लुगा फुकालेका अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गर्न माग के छ कारबाहीको व्यवस्था?

86

प्रतिनिधिसभा बैठकमा लुगा फुकालेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गर्न माग गरिएको छ।

सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै लुगा फुकालेर विरोध जनाएका सिंहको स्वास्थ्य परीक्षण गर्न सांसद अच्युतप्रसाद मैनालीले माग गरेका हुन्।

‘सभामुख महोदय, संसदमा जे गतिविधि देखापरेको छ, माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दछु। र मानन आतंक चलिरहेको यो सेरोफेरोमा म हात्ती आतंकको कुरा उठाउन खोजिरहेको छु,’सांसद मैनालीले बैठकमा भने।  सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि सांसद सिंहले लुगा लगाएका थिए।

संसद नियमवालीको नियम ३० अन्तर्गत अभद्र व्यवहा गर्ने सदस्यहरुलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ।

‘चेतावनी शीर्षक अन्तर्गत बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ,’ नियमवालीमा भनिएको छ।

त्यसैगरी यदि सभामुखको आदेश पालना नगरेको अवस्थामा सभामुखले कुनै पनि सदस्यलाई बैठकबाट निस्केर जान आदेश दिन सक्नेछन्।

You might also like

Comments are closed.