७ भदौ कैलाली । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जम्बो टोलीले धानखेतको केही क्षेत्र सखाप पारेको छ ।गृहमन्त्री बादल शुक्रबार दलबल लिएर घटनास्थलको निरीक्षण र राहतका लागि भन्दै अछाम पुगेका थिए

गत मङ्गलबार अछामको कैलाश खोलामा आएको बाढीले रामरोशन गाउँपालिका ५ मा मने साउदको करिब १५ रोपनी जग्गामा लगाएको धानबाली नष्ट गर्यो ।
गृहमन्त्री बादल शुक्रबार दलबल लिएर घटनास्थलको निरीक्षण ।हेलिकप्टर मने साउदकै खेतमा ल्यान्ड भयो । त्यही टेबल तथा कुर्सी राखेर कार्यक्रम समेत गरे ।टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत थिए ।
टोलीले २५ कट्टा चामल, १० कट्टा दाल, नुन तेल लगायतका राहत उपलब्ध गरायो । पूर्वगृहमन्त्री एवं त्यही क्षेत्रका सांसद भीम रावलले किरिया खर्च भन्दै १ लाख रुपैयाँ दिए ।
बाढीबाट बचेको धानमाथि हेलिकप्टर उतारेर कार्यक्रम गरेको पीडितहरूले रुचाएका छैनन् ।मङ्गलबार आएको बाढीले रामारोशन–५ सैनीबजार बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् ।
Comments are closed.