Nepal's First Video FM

लोकप्रिय गायक राम कुमार कार्कीले गाएको दोहोरी गीत मा अन्जली अधिकारी

462

नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका लागि बिगत निकै लामो समय यता क्रियासिल रामेछापका युवा कलाकार रामकुमार कार्कीले एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा ल्याइरहेका छन् । उनले यस अगाडी अब त गाउँ मै गइन्छ, घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, कालापानी हाम्रै हो, कलियुगका केटि, लगाएतका दर्जन हाराहारी गीतहरु बजारमा ल्याइसकेका छन् ।

कलाकार रामकुमारका गीतहरु आफ्नै कला संकृति र मौलिकताका घेराबाट कहिले बाहिर गएनन् । “म त लाहुरे” बोलको गीत आजबाट रामकुमार कार्कीको आफ्न‌ युटुब च्यानलबाट रिलिज भएको छ । उक्त गीतमा रामकुमार कार्की सहित कमला खड्काको पनि सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय शब्द रामकुमार पौडेलको रहेको छ ।

गायक रामकुमार कार्कीको सर्जक रामकुमार पौडेल संग यो तेश्रो सहकार्य हो । यस अगाडी उनले जे गरेनी चल्यो, घर त मेरो रामेछाप जिल्ला, बजारमा आइसकेका छन् । तेश्रो सहकार्य संगै अबको केहि समय पछी अन्य दुई गीत बजारमा आउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।

“म त लाहुरे” बोलको गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी, रामचन्द्र बोहरा, सुजन थापा, रुपेश दानी, प्रेम खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन् । बिगतका गीतहरु जस्तै यस गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल होस्, हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई शुभकामना ब्यक्त गर्दछौं ।
भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.