विराटनगर महानगरपालिका- ८ का कोरोना संक्रमित ६५ वर्षीय पुरुषको आइतबार राति कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरमा मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि विराटनगर महानगरपालिकाले स्थापना गरेको वडा नं. १९ को बैजनाथपुरस्थित आइसोलेसनमा बस्दै आएका कार्की थरका उनलाई स्वास्थ्यमा समस्या बढेपछि थप उपचारको लागि काेशीकाे कोभिड उपचार केन्द्र लगिएको थियो ।
श्वास-प्रश्वासमा समस्या आएपछि अस्पताल लगिएका उनकाे अस्पताल पुर्याएको केहीबेरमा नै मृत्यु भएको कोभिड १९ अस्पतालका व्यवस्यापन संयोजक ज्ञानबहादु बस्नेतले जानकारी दिनुभयो ।
Comments are closed.