Nepal's First Video FM

म मात्रै हो देउवालाई हराउने अरुले सक्कदैनन : डा. शशांक कोइराला

536

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा आफूले शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गरेका छन् ।

पार्टी सभापतिका लागि अरु नेताहरुको दाबी रहे पनि सभापति देउवालाई पराजित गर्ने ग्यारेन्टीका साथ आफ्नो दाबी सभापतिमा रहने उनको भनाइ छ । सोमबार न्यूज एजेन्सी नेपाल(नान)सँग कुरा गर्दै महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दाबी गरेका छन् । उनले भने, ‘मैले धेरैसँग परामर्श गर्दै छु । उहाँहरु तपाईं नै उठ्नुपर्‍यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुका दाबी छ भन्छु । रामचन्द्र दाइ, सिटौलाजी हुनुहुन्छ । प्रकाशमान छन् धेरै छन् सबै उठेर त भएन नि ।’

उनले पार्टीमा मनोमानी गरेको भन्दै देउवाको आलोचना गरे । महाधिवेशन नजिकिँदै गर्दा भोटका लागि विभाग गठन गरेको र विधान विपरित भयो भनेर आफूहरुले विरोध गर्दा नसुनेको भन्दै उनले महाधिवेशनबाट यसको जवफ दिनुपर्ने बताए । कोइरालाले भने, ‘उहाँले मनोमानी गर्नुभयो । हाम्रो विरोध पनि सुन्नु भएन । महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्‍यो । किनकी अरु विकल्प छैन ।’

महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वाभाविक भए पनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको कोइरालाको आरोप छ ।

You might also like

Comments are closed.