राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्ने घटनाको छानबिन गरी दोषीउपर कानूनी कारवाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा हालको जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि सरकारसंग आग्रह गरिएको छ ।
यसैगरी आयोगले स्वास्थ्यकर्मीप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न सबैलाई आग्रह गरिएको छ ।
Comments are closed.