Nepal's First Video FM

चितवनमा थप १५ जनामा कोरोना संक्रमण

367

चितवनमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएराति भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका १५ सहित मकवानपुर र नवलपुरका एक÷एक जनामा पनि संक्रमण देखिएको हो ।

प्रयोशशालाले जारि गरेको अध्यावधिक विवरण अनुसार संक्रमित हुनेमा भरतपुरका २ पुरुष र ७ महिला,रत्ननगर नगरपालिकाका १ पुरुष १ महिला र राप्ती नगरपालिकाका २ पुरुष र २ महिला छन् ।

यसैगरी मकवानपुर र नवलपुरका एक–एक महिलामा संक्रमण देखिएको हो । गएराति भरतपुर ल्यावमा ४ सय ५ जनाको परिक्षण गरिएको थियो ।

You might also like

Comments are closed.