संखुुवासभा जिल्ला अस्पताल खाँदबारीले स्थानीय हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हरी बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।
यसअघि क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोड गरेको आरोपमा सोही क्याम्पसका प्रमुख डा मात्रिका तिम्सिनालाई पक्राउ गरिएको थियो ।
Comments are closed.