विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ । कोरोना भाइरस संक्रमणबाट विश्वमा अहिलेसम्म आठ लाख १७ हजार भन्दा बढीको संक्रमणवाट मृत्यु भएको हो । सबैभन्दा धेरै अमेरिकामा, एक लाख ८१ हजार १ सय १४ जनाको मृत्यु भएको छ । ब्राजिलमा एक लाख १५ हजार ४ सय ५१ जनाको ज्यान गएको छ ।
भारतमा ५८ हजार ५ सय ४६ जनाको मृत्यु भएको छ । हिजो एकै दिन भारतमा ८ सय ५४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ३१ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।
Comments are closed.