Nepal's First Video FM

आफ्नै जिल्लावासीले गरे मिर्गौला पीडित जलजलालाई सहयोग

645

फागुन १३, अर्घाखाँचीको सन्धिखर्क घर भएकी गायिका जलजला परियारलाई उपचारका लागि दक्षिण कोरियामा काम गर्दै आएका अर्घाखाँचीवासीले सहयोग गरेको छ ।

मीठो स्वरकी धनी २१ वर्षीया गायिका परियार दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले शिक्षण अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी छन् ।

‘नेपाली तारा सिजन-३’ मा सहभागी भएपछि स्रोता तथा दर्शकमाझ चिनिएकी उनले धेरै गीतमा स्वर भरेकी छन् । उनका ‘केही कदम’ सँगै ‘ढुंगाको मन हुनेलाई’, ‘म त रोएँ रोएँ’ लगायतका गीत चर्चित छन् ।

चलचित्र ‘बाटोमुनिको फूल २’ मा यश कुमारसँग गाएको, ‘केही कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ’ भन्ने यो गीतले उनलाई सांगीतिक क्षेत्रमा सबैसामु चिनाएको हो । तर अहिले उनै गायिका अस्पतालको शय्याबाट जीवनको याचना गरिरहेकी छिन् ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारलाई एक लाख १३ हजार ३ सय ५० सहयोग रकम हस्तान्तरण गरेको छ ।

कोरियामा कार्यरत नेपालीबाट संकलन गरिएको रकमलाई एकमुष्ट गरी हस्तान्तरण गरिएको मञ्चका कोषाध्यक्ष राज खनालले जानकारी दिए ।

You might also like

Comments are closed.