Nepal's First Video FM

भदौ १७ गतेसम्म लागि अर्घाखाँची निषेधाज्ञा

475

अर्घाखाँचीमा भदौ १७ गतेसम्म एक साताका लागि निषेधाज्ञा थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले भदौ ३ गतेदेखि जारी निषेधाज्ञा आज राती १२ बजे सकिँदै छ ।

त्यसलाई निरन्तरता दिँदै आगामी बुधबार राती १२ बजेसम्म निषेधाज्ञा गरिने निर्णय भएको हो । जिल्लामा कोरोना संक्रमण समुदायसम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड–१९ को महामारीबाट सुरक्षित राख्न पुनः निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन् । तरकारी, खाद्य पसल दिउँसो साढे ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छन् भने डेरी पसल बिहान ६ देखि ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको जनाइएको छ ।

You might also like

Comments are closed.