Nepal's First Video FM

अर्थमन्त्रीलाई स्वर्णिमको सुझाव- कांग्रेसको घोषणापत्र मैले लेखिदिएको हुँ, पढेर बजेट बनाउनू

6

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले छोटो समयमा ठूलो छलाङ मार्ने अभूतपूर्व पुँजी निर्माण गर्ने अवसर साँघुरिँदै गइरहेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा प्रि-बजेट छलफलमाथि बोल्दै सांसद वाग्लेले अर्थतन्त्रले लय गुमाएको बताए।

आफूले पनि सो घोषणापत्र केही लेखिदिएको बताउँदै वाग्लेले त्यहाँ भएका आर्थिक सुधारका पाटाहरूलाई कार्यान्वयन गर्न आग्रह गरे।

‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नुभएको होला हाम्रा अर्थमन्त्रीज्यूले, मैले पनि पढेको छु, मैले पनि धेरैबहुत लेखिदिएकै हो,’ वाग्लेले भने, ‘त्यहाँ ओम्निबस आर्थिक सुधारको कुरा गरिएका छन्। आफ्नै घोषणापत्र पढेर कार्यान्वयनमा उतार्नुहोला। यो हैरानी र झन्झटको दुश्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउनुपर्ने छ।’

साथै, उनले अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको सिद्धान्त र प्राथमिकताबाट धेरै आशा नपलाएको पनि बताए।

 

You might also like

Comments are closed.