Nepal's First Video FM

कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु, १ हजार १११ संक्रमित थपिए, उपत्यकामा ३७७ थपिए

337

काठमाडौं उपत्यकामा ३७७ जना सहित नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंमा २७० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६६ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको मन्त्रालयले बताएको छ ।

You might also like

Comments are closed.