नेपाल विधुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भाद्र महिना बाट सकिँदैछ । कलाकारहरुले सामाजिक सञ्जालमा उनलाई अर्काे कार्यकालमा पनि दोहोर्याउनु पर्ने माग राखिरहेका छन् ।

निर्माता तथा कलाकार दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, मन्त्री परिषद बैठकले कुलमान घिसिङलाई नै विधुत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गर्ने छ । सरकारसँग यस्तै समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन ।’ हालसम्म घिसिङको पुन: नियुक्तिबारे निर्णय भएको छैन । ।
हाँस्यकलाकार हरिवंश आचार्य उज्यालो ल्याउनेलाई सम्मान गरौं भन्दै लेखेका छन्, ‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । उहाँको ऊर्जाले देशको ऊर्जा बढ्छ ।’हाँस्यकलाकार सिताराम कट्टेलले लेखेका छन् मन्त्री परिषद बैठकले कुलमान घिसिङ ज्युलाई नै विधुत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको सुन्न पाइयोस् ।
अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा कुलमान घिसिङसँगको तस्बिर राख्दै आगामी कार्यकालका लागि पनि कुलमानलाई नै नियुक्त गर्नुपर्छ उल्लेख गरेकी छन् । नायक आर्यन सिग्देलले कुलमानकै निरन्तरता हुने निर्णय सुन्ने आशा व्यक्त गरेका छन् ।
नायिका सुरक्षा पन्तले इतिहास दोहोरिएको हेर्ने इच्छा व्यक्त गर्दै लेखेकी छन्, ‘इतिहास दोहोरिएको हेर्न मन छ, बत्ति बालेर । लकडाउनमा अरुलाई नियाल्न सकिन्न बाबै र ।’ अर्की नायिका केकी अधिकारीले पनि कुलकानमा कुनै अहंकार नभएको बताउदै लेखेकी छन्, ‘निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल । यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ ।’
कुलमान को आग्रह ……..
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मुख खोलेका छन् । बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिनु आग्रह गरेका छन् ।
Comments are closed.