Nepal's First Video FM

नेपाललाई ७ अर्ब सहयोग गर्दै बेलायत सरकार: कोरोना महामारी नियन्त्रणको लागि

514

काठमाडौं, ११ भदौ । बेलायतले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४५.८ मिलियन पाउण्ड (करिब ७ अर्ब १४ करोड रुपैयाँ ) बराबरको आर्थिक सहयोग गर्ने भएको छ। यो रकम बेलायत सरकारले नेपाललाई कोरोन माहामारीको कठिन् अवस्थालाई सहयोग प्याकेज उपलब्ध गराउन लागेको हो।

अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्बीचको भिडियो कन्फ्रेन्स छलफलमा यो सहयोग प्याकेजको घोषणा गरेको छ ।

कोरोना भाइरसको महामारीको कारण नेपालमा भएको कठिन् अवस्थालाई सम्बोधन गर्न बेलायत सरकारले यो सहयोग प्याकेज उपलब्ध गराउन लागेको हो।

अर्थमन्त्री डा. खतिवडाले बेलायत सरकारलाई कठिन समयमा नेपालका लागि ठूलो सहयोग गरेकोमा धन्यवाद दिएका छन्

हाल नेपामा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

You might also like

Comments are closed.