Nepal's First Video FM

उपत्यकामा संक्रमित घटे, ८८४ जनामा कोरोना संक्रमण पुष्टि

190

काठमाडौं । छिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसै बिच शनिबार उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/ १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.