स्याङजामा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौंबाट चापाकोट आउँदै जाँदै गरेको एम्बुलेन्स वालिङमा आइतबार बिहान दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो । उपचारको क्रममा चापाकोटका ३२ वर्षीय भानुभक्त गैह्रे र २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको वालिङ अस्पतालले जनाएको छ ।
चापाकोटका एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।
Comments are closed.