Nepal's First Video FM

आज साताको दोस्रो दिन सोमबार तपाईंको राशिफलले के देखौउ छ, हेर्नुहोस् ।

469

वि.सं.२०७७ साल भाद्र १५ गते । सोमबार , ईश्वी सन् २०२० अगष्ट ३१ तारिख । नेपाल संवत् ११४० , प्रमादी संवत्सर , दक्षिणायन , वर्षा ऋतु , भाद्र शुक्लपक्ष , तिथि–त्रयोदशी,०७ घडी २० पला,बिहान ०८ बजेर ३८ मिनेट उप्रान्त चतुर्दशी।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी ४३ पला । धनिष्ठा पञ्चक आरम्भ

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सत्रु परास्त हुनेछन् , राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ । तरपनि अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगिको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरी समाजमा नाम कमाउँन सकिनेछ । बौद्धिकताको प्रयोग गरी विशिष्ट व्याक्ती हरुलाई बसमा पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधन तथा घरजग्गामा गरीएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोग मार्फन अरुको मन आफूतिर तान्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तरलपदार्थ जस्तै हाईड्रो,पानि जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ ।

राशिफलमा जे भएतपनी तपाईंको आज को दिन शुभ होस् ।

You might also like

Comments are closed.