Nepal's First Video FM

माछा चोर्न खोज्दा करेन्ट लागेर चितवनमा दुई युवाको जयान गयो ।

395

भरतपुर–८ भन्निछ बिनास काले बिपरित बुदी, यो भनाइ चरीतार्थ भयको छ चितवन दुई युबकमा माछा चोर्न खोज्दा करेन्ट लागेर चितवनमा दुई युवाको जयान गयो । सल्यानी टोलमा रहेको माछा पोखरीमा माछा चोर्न गएका स्थानीय युवाहरूको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

थापाका अनुसार चुडामणी शर्मासहितका चार जनाले सञ्चालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका स्थानीय नवराज दराई र वीरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको हो।

उनीहरूको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको उनले बताए। मृतकलाई हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको थापाले बताए। उनीहरू दुवैको उमेर करिब ३५ वर्ष छ।

माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको भेटिएको थापाले बताए।

You might also like

Comments are closed.