नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै काठमाडौं उपत्यकामा २९८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले बताएको छ ।
Comments are closed.