नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला पारेको छ। मे ६ मा मर्निङ वाकमा निस्केका मोरिस त्यसयता बेपत्ता भएका थिए।
बिबिसीका अनुसार उनको शव ह्याम्पशायरको जंगलमा फेला पारेको जनाएको छ। पहिचान हुन बाँकी छ। शवका बारेमा उनका परिवारलाई खबर गरिएको छ। प्रहरीले उनको शव ह्याम्पशायरको जंगलमा फेला पारेको बिबिसीले जनाएको छ।
उनी बेपत्ता भएपछि प्रहरीले मोरिसले मर्निङ वाक गर्ने सो जंगलमा उनको व्यापक खोजी गरेको थियो।
प्रहरीले रिभे बेको २ किमी क्षेत्रसँगै सिसिटिभीको अध्ययन तथा घरघर गएर उनको बारेमा सोधपुछ गरेको थियो।
३ सन्तानका पिता मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत थिए।
बेपत्ता हुनुअघि उनलाई फिजीको राजदूत नियूक्त गरिएको थियो।
Comments are closed.