Nepal's First Video FM

बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री बन्नुहुन्छ : जनार्दन शर्मा

473

काठमाडौं । नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी उपाध्यक्ष बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भइरहेको खुलासा गरेका छन् ।

उपाध्यक्ष गौतमबारे आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने बताए । उनले सचिवालय बैठकले कार्यदलको सुझाव कार्यन्वयनका लागि छलफल गरेर निर्णय गर्ने भन्दै गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने दाबी गरे ।

‘१८ गतेकै बैठकले राष्ट्रियसभामा बामदेव गौतमलाई लैजाने पुर्व निर्णयको कार्यन्वयन गर्छ, नेकपा कार्यदलका सदस्यसमेत रहेका शर्माले रातोपाटीसँग भने, ‘गौतम पार्टीको घोषणापत्र लेख्ने मुख्य मान्छे भएकाले पनि त्यसको कार्यान्वयन गर्ने बेलामा उहाँलाई सरकारमा लैजानुपर्ने हुन्छ,’

शर्माले थपे, ‘वामदेवजीले अर्थमन्त्रालयको नेतृत्व गर्नुभयो भने सरकारको काम थप प्रावकारी हुन्छ ।’ राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य बनेर २ वर्ष मन्त्री भएका खतिवडा भदौ २१ गतेपछि फेरि राष्ट्रिय सभामा सिफारिस हुन्छन् कि हुन्नन् भन्नेमा आशंका उब्जिएका बेला शर्माले यस्तो बताए ।

यसका पछाडि गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा सिफारिसका प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो। तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गर्दै आएका छन् ।

उनले अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभामा सिफारिस गर्न संकेत देखाएका छन् । नेपालको संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ।

खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ। शर्माले खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रियसभामा पठाएर उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्न तयार भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटवार्ता गरेर आफू राष्ट्रियसभा सदस्य बन्न तयार रहेको जानकारी पनि दिएका थिए ।

“चार–पाँचदिनअघि प्रधानमन्त्री ओलीजीले डोल्पाबाट चुनाव लड्नुपर्‍यो भन्नुभएको थियो । त्यतिबेला मैले विचार गरौँला भनेर जवाफ दिएको थिएँ । यसबीचमा मैले धेरै विचार गरेँ,” गौतमले बाह्रखरीसँगको कुराकानीमा सोमबार बेलुका भने, “आज मैले उहाँलाई प्रतिनिधिसभाको निर्वाचनमा जाँदिन भनेर भनेको छु । जसबेला प्रतिनिधिसभाको निर्वाचनमा जाने भनिएको थियो, त्यतिबेला निर्णय भए म जाने पनि थिएँ । अहिले अनावश्यकरूपमा चर्चा गर्नुको अर्थ छैन । कोरानाको महामारी छ । जाडो मौसम आउँदैछ । चिसोले मानिस कठ्याङ्ग्रिने अवस्था हुन्छ । डोल्पाबाट आधा मानिसहरू उँधो झर्न थालिसके । यस्तो अवस्थामा डोल्पामा उपचुनाव हुन सम्भव छैन । डोल्पा मात्र होइन, मेरो कुनै पनि निर्वाचन क्षेत्रमा चुनाव लड्ने मानसिकता पनि छैन । पार्टीको निर्णयले म राष्ट्रियसभामा जान पाइरहेकै छु । बरु तपाईंले सक्नुहुन्छ भने आजै निर्णय गरिदिनुस् । राष्ट्रपतिलाई निर्णय कार्यान्वयन गर्न भनिदिनुस् । भोलि गरिदिए पनि हुन्छ । म राष्ट्रियसभामै जान्छु भनेर प्रधानमन्त्रीलाई भनिसकेको छु ।”
तर प्रधानमन्त्री ओलीले भने अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने मनसाय व्यक्त गरेका छन् । उक्त कुरा केहीदिन अघि एक टेलिभिजन अन्तर्वार्तामा पनि भनेका थिए भने सोमबार गौतमसँगको भेटमा पनि प्रधानमन्त्री ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेको उल्लेख गरे ।

“प्रधानमन्त्रीजीले युवराज खतिवडालाई निरन्तरता नदिने हो भने मैले कुनै पनि काम गर्न सक्दिनँ भन्नुभएको थियो । मैले ‘तपाईंले कामै गर्न नसक्ने हो भने त उहाँलाई प्रधानमन्त्री नै बनाउनुपर्छ’ भनेर पनि भनेँ,” गौतमले भने ।

You might also like

Comments are closed.