Nepal's First Video FM

आगामी ३ दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना

322

आगामी ३ दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भने भारी वर्षाको सम्भावना छ । राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसै, भोलि पनि दिउँसो केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका १/२ ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी प्रदेश, प्रदेश-५ र कर्णाली प्रदेशको १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

You might also like

Comments are closed.