भदौ, काठमाडौं । मुलुकभर २४ घन्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ४ सय ८१ सहित १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा ३४४ महिला र ७२५ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको मन्त्रालयले बताएको छ ।
Comments are closed.