Nepal's First Video FM

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

9

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्व बालुवाटार पुगेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डसित छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका हुन्।

वैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेपछि अहिले नेताहरू फेरि छलफलमा जुटेका हुन् ।

अहिले टीआरसी विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक र नागरिकता विधेयक अलपत्र छन् । यी विधेयकहरूको बारेमा पनि छलफल हुने बताइएको छ ।

You might also like

Comments are closed.