काठमाडौं । कोभिड -१९ महामारीको प्रभावसँगै अमेरिकी डलरको भाउ घट्न थालेको छ । अमेरिकी अर्थतन्त्रमा पछिल्ला दिनमा मूल्यवृद्धि उच्च हुन पुगेको छ । जसको कारण डलरको कमजोर हुन थालेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीको भनाई छ ।
एक साताअघिदेखि डलरको भाउमा देखिएको गिरावटमा अझै सुधार आउन सकेको छैन् । एकसय २० रुपियाँ हाराहारीमा पुगेको बुधबार एक हजार ११६ रुपियाँ ८९ पैसा कायम भएको छ । अमेरिकी अर्थतन्त्रमा शिथिलता आउने क्रम जारी रहेकाले डलरको भाउमा निकै गिरावट आउनसक्ने संभावना रहेको पंगेनीको भनाई छ ।
पंगेनी भन्छन्, ‘डलरको भाउ घट्नुमा अरु कुनै कारण छैन् । अमेरिकी अर्थतन्त्रमा देखिएको शिथिलता नै हो । अहिले अमेरिकामा उच्च मूल्यवृद्धि छ । मूल्यवृद्धिले प्रतिस्पर्धी क्षमता कमजोर हुन्छ र मुद्रा कमजोर बनाउँछ ।’
कोरोना महामारीपछि अमेरिकामा लाखौं युवाको रोजगारी गुमेको छ, उनीहरुलाई बेरोजगारी भत्ता दिनुपर्ने बाध्यता ट्रम्प प्रशासनलाई परेको छ । त्यस्तै, महामारी पीडित जनतालाई राहत सुविधा दिनुपर्ने र कोरोना रोकथामका लागि धेरै खर्च गर्नुपर्ने बाध्यता भएकाले अमेरिकी सरकारले ठूलो रकम त्यहाँको केन्द्रीय बैंकसँग ऋण लिएर चलाउन थालेसँगै उच्च मूल्यवृद्धि देखिएको ।
भारतसँग स्थिर विनिमय दर भएकाले डलरको भाउमा उतारचढाव आउँदा नेपाललाई ठूलो असर नगर्ने भए पनि आंशिक असर भने गर्ने पूर्वकार्यकारी निर्देशक पंगेनीले बताए ।
Comments are closed, but trackbacks and pingbacks are open.