काठमाडौं । कोरोन प्रभाब नेपाली बजारमा गजब परे को छ ,यती बेला आममन्छे कसरी आफ्नो दैनिकी चलाय मान गर्नी भन्नेमा धेरै चिन्न्तित छन । तर यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो।
प्रायः बर्षातको समयमा तरकारीको भाउ ह्वात्तै बढ्ने गरेको छ। सामान्य भन्दा धेरै पानी पर्नाले तरकारी ढुवानी गर्न कठिनाई भएका कारण भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। अहिले नेपालमा आयात हुने हरिया तरकारीहरु आन्तरिक स्रोतबाटै आउने गरेको छ। त्यसमा पनि मनसुनले आएको पहिरो र बाढीका कारण बाटो भत्कदा र जिर्ण अवस्था हुँदा तरकारी आयात गर्न नसकेको उनी बताउँछन्।
बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरो लगाएतका थुप्रै तरकारीहरुको मूल्यमा साविकको भन्दा तीन गुणासम्म बृद्धि भएको छ। गएको १० दिनको भिन्नतालाई हेर्दा असार २६ गते गोलभेडाको मूल्य प्रतिकेजी ६८ रुपैयाँ थियो भने ३४ रुपैयाँले बढेर हाल श्रावण पहिलो हप्ता औसत मूल्य ९२ रुपैयाँ छ। तर बाहिर बजारमा ग्राहकहरुले लगभग प्रतिकेजी १४० देखि १५० रुपैयाँसम्म मूल्य तिर्ने गरेका छन्। यस्तै, भिण्डीको मूल्य ५८ रुपैयाँ थियो भने अहिले ११५ रुपैयाँ छ। यसमा विगतको भन्दा झण्डै ६० रुपैयाँको अन्तरले मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको भाउ तोकिदिएको भएपनि बजारमा व्यापारीहरुले मनपरी रुपमा मूल्य लगाउने गरेका छन्। यसरी उपभोत्ताको ढाड सेकिने गरी तरकारीमा भएको मूल्य वृद्धिबारे सम्बन्धित निकायले समय मै चासो दिई अनुगमन गर्नुपर्ने इस्थिती देखिन्छ हैन भने उपभोत्ताको ढाड सेकिने छ।
Comments are closed.