काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर नेगेटिभ अनिवार्य गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार निषेधाज्ञाको आदेश जारी गर्दै सो जानकारी गराएको हो।
अत्यावश्यक कामका लागि काठमाडौँ आउनुपर्ने व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेशमा जनाइएको छ। स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ। कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ।
यसै बुधबार मुलुकभर कोरोनाका ११२० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।
यीसहित हालसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ। संक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ।
Comments are closed.