भारतमा गएको २४ घण्टामा ८२ हजार आठ सय ६० जना कोरोना सङ्क्रमित थपिएका छन् ।
कोरोना सङ्क्रमण फैलने क्रम तीव्र रहेको भारतमा २४ घण्टामै ८२ हजार आठ सय ६० जनामा कोरोना पुष्टि हुनुको साथै एक हजार २६ जनाको ज्यान गएको हो ।
कोरोनाबाट विश्वकै तेश्रो प्रभावित देशमध्ये रहेको भारतमा अहिलेसम्म ३८ लाख ४८ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण भएको छ भने ६७ हजार चार सय ८६ जनाको ज्यान गएको छ ।
Comments are closed.