Nepal's First Video FM

निषेधाज्ञा तोडेर ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ यात्रा, प्रहरीले रोक्न खोज्दा झडप

532

काठमाडौँ- निषेधाज्ञा तोड्दै ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ यात्रा निकालिएछि पुल्चोकमा तनाव भएको छ ।
कोरोना भाइरसको महामारीलाई बेवास्ता गर्दै सयौँ स्थानीयहरू रथ तान्न थालेपछि प्रहरीले रोक्ने क्रममा ललितपुरमा झडप भएको हो ।
झडपमा प्रहरीले भीड हटाउन पानीको फोहोरा र केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेपछि भीड तितरवितर भएको थियो ।
सो क्रममा केही प्रहरी र सर्वसाधारण घाइते भएको बताइएको छ, तर अहिलेसम्म सो को विस्तृत विवरण खुलाइएको छैन ।
सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै गुठीयारहरु आक्रोशित भएका छ्न । आफ्ना संस्कृति, परम्परामाथि प्रहरीले हस्तक्षेप गरेको स्थानीयको आरोप छ ।

You might also like

Comments are closed.