Nepal's First Video FM

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय

485

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको रिक्त एक पदमा वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ। सचिवालयको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बताएका थिए।

‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनुभयो’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

गत फागुनदेखि नै राष्ट्रिय सभामा एक पद रिक्त छ। राष्ट्रपतिबाट मनोनित भएका युवराज खतिवडाको दुई वर्षे पदावधि सकिएसँगै रिक्त रहेको सो पदमा खतिवडालाई निरन्तरता दिने वा गौतमलाई लैजाने भन्नेमा नेकपाभित्र संघर्ष चलिरहेको थियो। प्रधानमन्त्री ओली खतिवडाको पक्षमा थिए। तर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने भनेर गत फागुन १४ गतेकै सचिवालयले निर्णय गरकेो थियो।

बैठकको सुरुमै केपी ओलीले देशको पछिल्लो अवस्थाको ब्रिफिङ गरेको प्रवक्ता श्रेष्ठले बताए। हिजो मात्र बागलुङमा भएको बाढी-पहिरोको क्षतिप्रति सचिवालयको बैठकले दुःख व्यक्त गरेको छ। साथै, उद्धार र राहतको काममा लाग्न सरकारलाई अनुरोध गरेको छ।

You might also like

Comments are closed.