Nepal's First Video FM

धरहरा छेउको पर्खाल भत्किँदा डोजर चालक गम्भीर घाइते, टिचिङ अस्पतालमा उपचार हुँदै

417

काठमाडौँ- काठमाडौँको सुन्धारामा निर्माणाधीन धरहरा छेउमा रहेको पर्खाल भत्किएर थिच्दा गम्भीर घाइते भएका डोजर चालकलाई शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
गम्भीर घाइते भएका २३ वर्षीय विष्णुकुमार शाहलाई महाराजगञ्जमा उपचारका लागि भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पर्खाल भत्किदा अन्य मानवीय क्षति भने नभएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

You might also like

Comments are closed.