Nepal's First Video FM

अब्राहम लिंकनका १० प्रेरक भनाइ, जो तपाईँका जीवनमा पनि बन्न सक्छन् आदर्श

788

काठमाडौँ- अब्राहम लिंकन, अधिकांश मानिसले सुनेको नाम ।

सामान्य राजनीतिक चेत भएकाहरूले त सम्भवतः उनको जीवनलाई बुझेका पनि छन् ।

१६औं राष्ट्रपतिको रूपमा उनले १८६१ देखि १८६५ सम्म अमेरिकाको सत्ता सम्हाले । उनकै पालामा अमेरिकाको सबैभन्दा ठूलो संकट गृहयुद्ध पार लगाउनेदेखि त्यहाँ दास प्रथा अन्त्य गर्नेसम्मको श्रेय अब्राहम लिङ्कनलाई दिइन्छ ।

१२ फेब्रअरी १८०९ मा जन्मिएका लिंकनको ५६ वर्षको उमेरमा १५ अप्रिल १८६५ मा निधन भयो । लिंकनले यो संसारबाट बिदा भएको १५५ वर्ष भए पनि उनका प्रेरणादायी भनाइहरू अझै पनि जीवीतनै छन् ।

उनले सफलता प्राप्त गर्न खेलेको भूमिका र गरेका संर्घष सबैका लागि प्रेरक छन् । उनले जीवनलाई सहज बनाउने केही कुरा भनेका छन् । जसले हामीलाई पनि सफल हुन सहयोग गर्छ ।

१. तपाईंले मलाई कुनै एउटा रुख ढाल्नको ६ घण्टा समय दिनुभयो भने म पहिलो चार घण्टाको समय बन्चरो उदाउनको लागि खर्च गर्नेछु ।

२. म जहिले पनि मेरी आमाका प्राथनाहरू सम्झन्छु जसले मलाई म बन्नमा सँधै सहयोग गरिरहन्छ ।

३. मेरो चिन्ता भनेको तपाईं असफल भएको प्रति कदापी होइन, असफलताका बाबजुद तपाईंले नदिएको निरन्तरता प्रति मात्र हो ।

४. तपाईंको घर आफैंमा विभाजित छ भने त्यो घर कहिल्यै पनि माथी उठ्न सक्दैन ।

५. अन्त्यमा यो गनिदैन कि तपाईंको जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।

६. मित्र त्यो हो जसको तपाईंको जस्तै समान शुरू हुन्छ ।

७. भविष्य बारेको एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउँनेछ ।

८. तपाईंले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्नुहुन्छ तर सबैलाई सधै मूर्ख बनाउन सक्नुहुन्न ।

९. म अहिले जँहा छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु ।

१०. लगातारको मेहनतले अवश्य सफलता मिल्छ। आत्मविश्वासका साथ मेहनत गर्न छोड्नु हुँदैन।

You might also like

Comments are closed.