Nepal's First Video FM

बैतडीमा डेङ्गु र स्क्रब टाइफसका ४९ जना बिरामी फेला परे

374

बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पाटन नगरपालिकामा ३ महिला र १ पुरुष गरी ४, दोगडाकेदार गाउँपालिकामा ४ महिला र २ पुरुष गरी ६, मेलौली नगरपालिकामा १ महिला, पञ्चेश्वर गाउँपालिकामा १ पुरुष तथा सिगास गाउँपालिकामा १ महिलामा स्क्रब टाइफस पुुष्टि भएको जोशीले जानकारी दिए ।

जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुगेका व्यक्तिहरूको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जोशीले जानकारी दिए । गत आर्थिक वर्षमा जिल्लाभरी ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने १ महिनाकै अवधिमा ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको उनले बताए ।

You might also like

Comments are closed.