Nepal's First Video FM

ठमेलकी टुल्कीसंग ‘मिस्टर भर्जिन’को मस्ती: (भिडियोसहित)

979

फागुन १४, नेपाली चलचित्र ‘मिस्टर भर्जिन’को पहिलो गीत ‘टुल्की’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘टुल्की’ बोलको सार्वजनिक गीतमा शब्द, संगीत र स्वर सुरज पण्डितको छ भने अमृत ल्वागुनले ¥याप भरेका छन् । एरेन्जर कमल सौराग छन् ।

राजधानीको ठमेल आसपासमा खिचिएको भिडियोमा अभिनेता गौरव पहाडी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, स्मृति पोखरेल, श्रद्धा प्रसाई, रविन्द्र झा लगायतको अभिनय छ । विशारद बस्नेतको निर्देशनमा बनेको फिल्ममा महेश दवाडीको कथा र रामेश्वर कार्कीले खिचेका हुन् ।

विक्रम स्वाँर र दीपक याम सिंहले कोरियोग्राफी गरेका छन् । फिल्म वल्र्ड वाइड फिल्म डिस्ट्रिब्युसन प्रा.लिको व्यानरमा निर्माण भएको हो । ३ युवाको यौन मनोविज्ञानमा आधारित रहेर यो फिल्म निर्माण गरिएको हो ।

You might also like

Comments are closed.