Nepal's First Video FM

चितवनमा थप ८८ जना कोरोना संक्रमित

437

चितवनमा शुक्रबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक चितवन मेडिकल कलेजको प्रयोगशालाबाट सार्वजनिक गरिएको रिपोर्टमा चितवनका मात्रै ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ। संक्रमितहरूमा अन्य जिल्लाका ३१ जना छन्।

यसअघि शुक्रबार विहान भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा चितवनका १७ जनासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख थियो।

शुक्रबार एकै दिन चितवनका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएकाहरू १ वर्ष देखि ७८ वर्षसम्मका छन्। उनीहरू मध्ये ४२ जना भरतपुर महानगरपालिकाका मात्रै छन्।

You might also like

Comments are closed.