संचारकर्मी रबि लामिछानेले आफ्नो कार्यक्रम सिधा कुरा जनता संगमा प्रधानमन्त्रीले आफुलाई अन्तरबार्ता न दिएको बिषयलाई आक्रोशको साथमा व्यक्त गर्दै बोलेको केहि शब्द प्रति नायिका एलिजा गौतमले आपति जनाएकी छिन।केहि दिन अगाडी एका एक बरिष्ठ संचारकर्मी ऋषि धमला संग प्रधानमन्त्री ओलीले अन्तरबार्ता दिएका थिए।उक्त बिषयलाई लिएर रबि लामिछानेले सिधा कुरा जनता संगको लाइभ कार्यक्रममै भनेका थिए ‘प्रधानमन्त्रीले ऋषि मुनि देखि शिसी मुनि सम्मलाई अन्तरबार्ता दिन भ्याए मलाइ दिएनन’।यिनै आपतिजनक शब्दप्रति एलिजा आक्रोशित भएकी हुन्।
ऋषि धमलाको काम प्रति रबि असन्तुष्ट भएकै हुन् त भन्ने प्रश्न पनि बाहिर उब्जेको छ,त्यसो त रबि लामिछाने कार्यरत टेलिभिजन न्युज २४मानै कुनै समय ऋषि धमलाले आफ्नो कार्यक्रम संचालन गर्दै आएका थिए।पछि हिमालयन टेलिभिजन हुदै धमलाले आफ्नै टेलिभिजन संचालन गरेका हुन्।रविको उक्त आपतिजनक शब्द प्रति ऋषि धमलाले भने केहि बोलेका छैनन्। हेरौ नायिका एलिजा गौतमले आफ्नो सामाजिक संजालमा लेखेको स्टाटस :
रबि लामिछाने दाई प्रति मेरो सधै सम्मान छ तर हिजो सिधा कुरा जनता संगमा प्रयोग भएका केहि शब्दले मेरो मन दुखेको छ,प्रधानमन्त्री ज्युले अन्तरबार्ता न दिनु ऋषि धमलाको कमजोरी पक्कै हैन होला तर तपाईले त् ऋषि मुनि देखि सिसि मुनि सम्मलाई अन्तरबार्ता दिन भ्याए मलाइ दिएनन भन्नु भएछ
हुन त हजुरले ऋषि जी लाइ ऋषि मुनि नै देख्नु भयो, एक संचारकर्मीले अर्को संचारकर्मीको खेदो खन्नु कति सम्म उचित हो त्यो त मलाइ थाह भएन तर मेरो मन दुख्यो! तपाईको भाषामा ऋषि मुनि अर्थात ऋषि जीले गर्नु भएको मिडिया प्रतिको त्याग कति छ सायद बुझ्दै आउनु भएकै होला,उहा हप्तामा एसो एक दिन टुप्लुक्क टेलिभिजनमा देखिने व्यक्ति हैनन् हरेक दिन बिहान देखि बेलुका सम्म उहाले गर्नु भएको दुख र बलिदानलाइ कसरी बुझ्ने ? आज आफ्नै साथीको नराम्रो भन्नु भयो,प्रधानमन्त्रीले तपाई संग नबोल्नु त उहाहरुकै टिम संग बुझ्ने हो ऋषि जीलाई किन जोड्नु हुन्छ ?
याद रहोस रबि दाई म हिजो पनि तपाईको कार्यक्रमको एक दर्शक शुभचिन्तक थिए र आज पनि तर बोल्दा शब्द चयन अलिक बिचार गरेर गर्नेकी ?तपाईले सिकाएको शिक्षानै अरुले सिक्ने हुन्,बोलेको शब्दले पछुतो हुने काम कहिल्यै न होस्!!
Comments are closed.