काठमाडौँ, हिजो आज नेपालमा टिकटिक मोबाईल यप बाट भिडियो बनाउने चलन धेरै छ्। कतिपय देशले यस लाई प्रतिबन्ध लगाएका छन नेपालमा भने निर्बाद रुप मा यस्को प्रयोग भएको पाईन्छ । यस्तै पछील्लो पटक कालिकोटका युवाले गुडिरहेको सरकारी गाडीमा टिकटक मात्रै बनायनन सरकारी गाडीको दुरुपयोग गरे र उनले ज्यान भन्दा टिकटक ठुलो सोचे।
पहाडतिरको कच्ची सकडमा एक सरकारी गाडी गुडिरहेको हुन्छ । चालक एक्कासी गाडी बाहिर निस्कन्छन् , तर गाडी गुडिरहन्छ, चालक गुडिरहेको गाडीको अगाडि चढ्न खोजिरहेका हुन्छन् । गाडी सडकको डिलतिर गइसकेपछि उनी भित्र पस्छन् र आफ्नो सिटमा बसेर नियन्त्रणमा लिन्छन् । अगाडि कसैले भिडियो खिचिरहेको हुन्छ ।
००१ झ ००९१ नम्बरको सरकारी प्रयोग गरी बनाइएको यो टिकटिक भिडियो अहिले निकै भाइरल भइहरेको त्यसरी सरकारी गाडीको दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग पनि धेरैको छ । यस टिकटकमा प्रयोग भएको सरकारी गाडीको पहिचान भएको छ । यो कालिकोटको शुभकालिका गाँउपालिकाले प्रयोग गर्दै आएको गाडी रहेको खुलेको छ । टिकटक बनाउने युवा सोही गाडीका चालक उमेश धिताल हुन् । यो भिडियो सार्वजनिक भएपछि गाउँपालिकाले चालकलाई यसबारे स्पष्टिकरण सोधेको छ ।
चालकसँग सोधपुछ गर्दा आफूले गाडीमा टिकटक बनाएको र अबदेखि यस्तो गल्ती नगर्ने भनी माफी मागेको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताए । मैले भिडियो हेरेपछि ड्राइभरलाई बोलाएर सम्झाएको छु । अब आइन्दा यस्तो गर्दिन भन्ने कुरा गर्नुभयो । अध्यक्ष चौलागाईले भने– चालक स्थानीय भएकाले एकै गल्तीमा जागिरबाट हटाउनु भएन । यस्ता गल्ती दोहोर्याए कारबाही गर्ने उनले बताए ।
Comments are closed.