Nepal's First Video FM

रियाशाले पल शाह,स्वस्तिमा खड्का,नाजिर हुसेन,सुधिर श्रेष्ठ सँगको खेलेको ३ भिडियो ट्रेण्डिङमा

450

काठमाडौँ ,२० भाद्र अहिले बिश्वनै कोरोना भाइरस (कोभिड–१९) को ठुलो माहामरिमा छ । आज सम्म स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

यो बिचमा सबै जसो ब्यापार बन्द छ तर म्युजिक भिडियोको ब्यापार भने चलेको देखिन्छ । छिल्लो समय म्युजिक भिडियोमा रियाशा दाहालको क्रेज गज्जबको बनेको छ । कमेडी भिडियोमा अभिनय गरेर चर्चामा आएकी रियाशालाई अहिले म्युजिक भिडियोमा भ्याइ-नभ्याई नै भएको छ।

लकडाउन केही खुकुलो भएसँगै रियाशाले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा काम गर्न भ्याइन् । उनले काम गरेको भिडियोले युट्युबमा राम्रो दर्शक पाइरहेको छन् ।

शुक्रबार रियाशा अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मुना’ बोलको गीतले रिलिजको छोटो समयमा नै राम्रो दर्शक पाएको छ । नाजिर हुसेन र स्वस्तिमा खड्काको पनि अभिनय रहेको यस भिडियोले ६ लाख २७ हजारभन्दा बढी दर्शक पाइसकेको छ । यस भिडियो युट्युब ट्रेण्डिङको ५ नम्बरमा आइसकेको छ ।

यो भिडियोसँगै रियाशाको अन्य दुई भिडियो पनि युट्युब ट्रेण्डिङमा परेका छन् । उनी अभिनित सुधिर श्रेष्ठसँग जोडी बाँधिएको ‘माया नयनी ताल’अभिनय रहेको यस भिडियोले २ लाख ६१ हजारभन्दा बढी दर्शक पाइसकेको छ । यस भिडियो युट्युब ट्रेण्डिङको २४ नम्बरमा आइसकेको छ ।

तेस्तै केही साता बजारमा आएको लोक दोहोरी पल शाहसँग जोडी बाँधिएको ‘लाइदिउ कि मोहनी’ बोलको गीत पनि युट्युब ट्रेण्डिङमा छन् । अहिले सम्म यो गीता ११ लाख ८० हजारभन्दा बढी दर्शकले हेरेका छन् । यो भिडियो युट्युब ट्रेण्डिङको २९ नम्बरमा छ ।

 

रियाशा लाई शुभ कामना छ ।

 

You might also like

Comments are closed.