Nepal's First Video FM

नेपालमा कोरोना : काठमाडौँ उपत्यकामा ३५४ सहित ९८० जनामा संक्रमण

मृतक संख्या २८९ पुग्यो

492

काठमाडौँ- काठमाडौं उपत्यकामा ३५४ सहित ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनामा गरिएको पीसीआर परीक्षणमा थप ९८० जना संक्रमित भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबारको विवरण अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२/३२ जनामा संक्तमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक १ हजार ८१४ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा अरू ९ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

मन्त्रालयका अनुसार मोरङ र झापाकी २ महिला तथा मोरङ, पर्सा, धनुषा, चितवनका एक-एक र काठमाडौंका तीन पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।

You might also like

Comments are closed.