काठमाडौँ- सरकारले वीर अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेको जानकारी दिए ।
अब वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय सेन्टरबाट प्रदान गरिनेछ ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सरकारले कोभिड अस्पतालको संख्या थप गर्दै लगेको हो ।
Comments are closed.