स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालकै परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । मन्त्री ढकालको छोरालाई आज कोराना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्री ढकालका छोरा बैंकमा कार्यरत थिए । उनलाई बैंकबाटै संक्रमण भएको आशंका गरिएको छ । परिवारका सदस्यलाई कोरोना देखिएपछि मन्त्री ढकालको परिवार नै होम क्वारेन्टिनमा बसेका छन् । संक्रमण पुष्टि भएपछि मन्त्री ढकालका छोरा पनि पनि होम आइसोलेसनमा बसेका छन् ।
Comments are closed.