काठमाडौं – कोरोना भाइरसबाट मृत्यु भएकाहरूको शरीरको अंग निकालेर अस्पतालले विक्री गर्छन् भन्दै भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई प्राकृतिक चिकित्सक भन्ने सुवास सुब्बा लिम्बूले परिवारबाट अलग राखेर ‘किड्नी, आँखालगायतका अंग निकाल्ने गरिन्छ’ भन्दै एउटा युट्युवमा अन्तर्वार्ता दिएका थिए ।
महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीबाट लिम्बूलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दीपक थापाका अनुसार सुब्बाले अफवाह फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ गरिएको हो ।
लिम्बूले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दाबी गर्दै आएको प्रहरीले जनाएको छ ।
Comments are closed.