गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानिय बीच झडप भएको थियो । रथ तान्ने क्रममा विवाद हुँदा ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए । झडपको क्रममा बिहीबार पक्राउ परेका मध्ये ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गएको बिहीबार रथ तान्ने क्रममा भएको तनावले झडपको रुप लिँदा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो ।
उनीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा ११ जनाको रिपोर्ट आउँदा ६ जनामा संक्रमण पुष्टि भएको हो । अरु ९ जनाको भने रिपोर्ट आउन बाँकी नै छ । संक्रमण देखिएका र अरुलाई पनि अहिले आइसोलेशनमा राखिएको छ । त्यस्तै शुक्रबार कर्फ्यू लगाइएको थियो र हिजो (आइतबार) रथ तानिएको हो ।
Comments are closed.